गर्भवती महिलालाई आयोडिनबारे चेतना | Khabarhub Khabarhub

गर्भवती महिलालाई आयोडिनबारे चेतना


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोर्खा – साल्ट ट्रेडिङ कर्पोरेशन पोखराले गोर्खाको बारपाकमा गर्भवती महिलालाई आयोडिन नुनको आवश्यकताबारे चेतनामुलक कार्यक्रम गरेको छ ।

कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत गोर्खाको बारपाकमा सचेतना कार्यक्रम गरेको हो ।

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिने लगायतका प्रचार सामग्रीसहित सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहितका सामग्री प्रदान गरिएको थियो ।

सामग्री वितरण गर्दै साल्ट टेड्रिङ कर्पोरेशन पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिनयुक्त नुन दैनिकरुपमा सेवन गर्दा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत मिल्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ४४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले