नेयमारलाई रेड कार्डका बाबजुद पीएजीको जीत « Khabarhub

नेयमारलाई रेड कार्डका बाबजुद पीएजीको जीत


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खराब अवस्थाबाट गुज्रिरहेका ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए पनि लिग वान फुटबलमा पीएसजीले पुनरागमन जीत निकालेको छ ।

आईतबार रातिको खेलमा ९२ औं मिनेटमा रातो कार्ड खाँदै नेयमार मैदान बाहिरिए पनि पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो।

लिग वान लिडरले पछिल्लो साता एमिन्ससंग ४–४ गोलको बराबरी खेलेको थियो । त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगको खेलमा बोरुसिया डर्टमण्डसंग २–१ ले हारेको थियो ।

पीएसजीको जीतमा मार्किन्होसले दुई तथा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

बोर्डोका ह्वाङ वि जोले सुरुवातमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यस्तै क्लबका लागि नाससिमेन्टो डी कास्ट्रो र रुबिन पाड्रोले एक एक गोल गरेका थिए ।

दोस्रो हाफको अन्तिम मिनेटमा यासीन अदलीलाई लडाएपछि नेयमार दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

उनले शनिबार घरेलु मैदानमा डिजोनबिरुद्ध हुने खेल गुमाउनेछन् । जीतसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ । शीर्ष स्थानको पीएसजीको ६५ अंक भएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ५७ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको