मौसम : मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित ) « Khabarhub

मौसम : मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित )


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आज अपरान्हपछि काठमाडौं उपत्यकासहित देशका पहाडी भेगहरुका पानी पर्ने सम्भावना रहेको जनाएको छ।

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण पानी पर्न सक्ने महाशाखाले जनाएको हो ।

देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

अहिले बिहान भने देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली रहेको छ। मध्ये तथा पूर्वी भूभागमा आँशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १२ गते (सोमबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी तथा मध्य पहाडी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : १९ बजे

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज– नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा

टोकियो‍‍‍– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय

बर्लीको ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सको नेपालका लागि आधिकारिक वितरक सीजी