फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै (पैसा प्राप्त गर्ने तरिकासहित) « Khabarhub

फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै (पैसा प्राप्त गर्ने तरिकासहित)


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोकर्तालाई पैसा बाढ्ने नीति लिएको छ ।

फेसबुकले प्रयोगकर्तालाई भ्वाइस रेर्कडिङ्ग गरेबापत पैसा दिने भएको हो । कम्पनीले भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो ।

डाटा प्राइभेसीसँग जोडिएको फेसबुकको प्रभावकारीता हाल सबैमाझ सार्वजनिक भईसकेको अवस्थामा यस कामको पछाडिको कारण के हो भन्न बुझिएको छैन ।

हालै सार्वजनिक एक रिर्पोट अनुसार फेसबुकले भ्वाईस रेकर्डिङ्ग गर्नेहरुलाई अंग्रेजीमा ‘हे र्पोटल’ Hey Portal बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडीको पहिलो नाम बोल्नु पर्नेछ ।

रिर्पोट अनुसार यदि प्रयोगकर्ताले आफ्ना फ्रेन्डहरुको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेर्कड गराउनु पर्नेछ ।

एक सेट रेर्कडिङ्ग पुरा गरेपछि यूजरले २०० प्वाइन्ट्स पाउने छन् । यद्पी १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइने छैन्।

यसको कारोबार पेपालको माध्यमबाट गरिने छ र रेर्कडको रुपमा यस प्रोग्राममा भाग लिने यूजरलाई पाँच डलर प्रदान गरिने छ ।फेसबुकका अनुसार प्रयोगकर्तालाई पाँच सेट रेकर्डिङ्गको मौका प्रदान गरिने छ ।

रिर्पोटअनुसार फेसबुकले प्रयोगकर्ताबाट प्राप्त भ्वाइस रेकर्डिङ्गलाई कम्पनीको प्रोफाइलसँग कनेक्ट नगरिने बताईएको छ ।

पोलिसीको अनुसार कम्पनीले आफ्नो भ्यु प्वाइन्ट्सको एक्टिभिटी फेसबुक वा फेसबुकको अरु प्लेटफर्ममा यूजरहरुको अनुमती बिना शेयर गर्न पाइने छैन ।

हाल प्रोनाउनशिएशनको यस प्रोग्राम अमेरिकी प्रयोगकर्ताका लागि मात्रै रहेको छ । यसका लागि प्रयोगकर्ताहरुको फ्रेन्डलिस्टमा कमसेकम ७५ जना साथीहरु हुन पर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : ५५ बजे

एनपीएलमा आज दुई खेल : दुई कुशलसँग भिड्दै करण र दीपेन्द्र

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि

उधौलीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा – सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला

आज धान्य पूर्णिमा र योमरी पुन्हि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा