फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै (पैसा प्राप्त गर्ने तरिकासहित) « Khabarhub

फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै (पैसा प्राप्त गर्ने तरिकासहित)


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोकर्तालाई पैसा बाढ्ने नीति लिएको छ ।

फेसबुकले प्रयोगकर्तालाई भ्वाइस रेर्कडिङ्ग गरेबापत पैसा दिने भएको हो । कम्पनीले भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो ।

डाटा प्राइभेसीसँग जोडिएको फेसबुकको प्रभावकारीता हाल सबैमाझ सार्वजनिक भईसकेको अवस्थामा यस कामको पछाडिको कारण के हो भन्न बुझिएको छैन ।

हालै सार्वजनिक एक रिर्पोट अनुसार फेसबुकले भ्वाईस रेकर्डिङ्ग गर्नेहरुलाई अंग्रेजीमा ‘हे र्पोटल’ Hey Portal बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडीको पहिलो नाम बोल्नु पर्नेछ ।

रिर्पोट अनुसार यदि प्रयोगकर्ताले आफ्ना फ्रेन्डहरुको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेर्कड गराउनु पर्नेछ ।

एक सेट रेर्कडिङ्ग पुरा गरेपछि यूजरले २०० प्वाइन्ट्स पाउने छन् । यद्पी १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइने छैन्।

यसको कारोबार पेपालको माध्यमबाट गरिने छ र रेर्कडको रुपमा यस प्रोग्राममा भाग लिने यूजरलाई पाँच डलर प्रदान गरिने छ ।फेसबुकका अनुसार प्रयोगकर्तालाई पाँच सेट रेकर्डिङ्गको मौका प्रदान गरिने छ ।

रिर्पोटअनुसार फेसबुकले प्रयोगकर्ताबाट प्राप्त भ्वाइस रेकर्डिङ्गलाई कम्पनीको प्रोफाइलसँग कनेक्ट नगरिने बताईएको छ ।

पोलिसीको अनुसार कम्पनीले आफ्नो भ्यु प्वाइन्ट्सको एक्टिभिटी फेसबुक वा फेसबुकको अरु प्लेटफर्ममा यूजरहरुको अनुमती बिना शेयर गर्न पाइने छैन ।

हाल प्रोनाउनशिएशनको यस प्रोग्राम अमेरिकी प्रयोगकर्ताका लागि मात्रै रहेको छ । यसका लागि प्रयोगकर्ताहरुको फ्रेन्डलिस्टमा कमसेकम ७५ जना साथीहरु हुन पर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ९ : ५५ बजे

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स