सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष काम गरिरहेको छ : गृहमन्त्री थापा | Khabarhub Khabarhub

सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष काम गरिरहेको छ : गृहमन्त्री थापा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र काठमाडौँद्वारा चितवनको रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवर्द्धन’सम्बन्धी तालीमको सोमबार शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । उनले भने, ‘सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालय  र सरकारले विशेष काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।’

गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘तपाईंहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।’

सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको गृहमन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : १९ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल