सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्य लगातार बढिरहेको छ । केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । सुनको भाउ तोलाको ८० हजार नाघेको हो ।

आज (सोमबार) तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ८० हजार पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : ४३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण