गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध « Khabarhub

गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट सोमबार बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडी पत्ता लगाएर आवश्यक कानुनी कारबाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडाैं र काठमाडौंदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : २४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि