मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा « Khabarhub

मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन् ।

स्थानीय समायानुसार उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

मलेसियाको प्रधानमन्त्री कार्यालयले महाथिरले राजीनामा दिएको पृष्टि गरेको छ । महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएका जनाइएको छ ।

सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका महाथिर पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बनेका थिए । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

तर, पछिल्लो समयको प्रधानमन्त्री कालमा उनले पार्टी भित्रैबाट विभिन्न चरणका विवादको सामाना गर्नुप¥यो ।

९४ वर्षीय महाथिरको पछिल्लो समय प्रधानमन्त्रीका अर्का आकांक्षी ७२ वर्षी अनवर इब्राहिमसँग राजनीतिक द्वन्द्व शुरु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ४० बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत