कम्प्युटरले काम नगरेर दिक्क हुनुभो, ह्याङ हुनबाट यसरी जोगाउनोस् « Khabarhub

कम्प्युटरले काम नगरेर दिक्क हुनुभो, ह्याङ हुनबाट यसरी जोगाउनोस्


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कम्प्युटर मानव जीवनमा अनिवार्य जस्तो बन्दै गएको छ ।

दैनिक जीवनका विभिन्न काममा कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अत्यावश्यकजस्तै भइसकेको छ ।

कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भाइरस लागी समस्या सिर्जना भएर दिक्क लाग्ने अवस्था निम्तिन्छ ।

भाइरसबाट कम्प्युटरलाई जोगाउने केही उपाय यस्ता छन् :

जथाभावी साइट नखोल्ने – जथाभावी अनलाइन साइट खोल्दा र अरूका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि अपरिचितले पठाएको वा असम्बन्धित इमेल चेक गर्नुहुँदैन ।

सिडी/पेनड्राइभ आदी मनलाग्दी प्रयोग नगर्ने – बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना हुन्छ ।

यसर्थ मनलाग्दी रुपमा सिडी, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्क लगायतका एक्सेसोरिज प्रयोग नगर्नोस् ।

एन्टीभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टीभाइरस नराख्नेजस्ता गल्ती गर्नुहुँदैन ।

पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्यापटपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ४४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान