इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम – गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ ।

युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो ।

आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकू विरुद्ध कडा कारबाही थालेको हो । सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली राजधानी दमास्कस नजिकसम्म पुगेर आक्रमण गरिएको उल्लेख छ ।

इस्लामिक जिहादी समूहले हमाससँग मिलेर इजरायल विरुद्ध सन् २००८ यता तीन पटक युद्ध लडिसकेको छ । यो समूह गाजापट्टी र सिरियामा सक्रिय छ ।

सिरियाली राष्ट्रपति बसार अल–असादसँग निकट सम्बन्ध रहेको यस समूहले इजरायली आक्रमणमा आफ्ना दुई लडाकूको मृत्यु भएको पुष्टी गरेको छ ।

सन् २०११ मा सिरिया द्वन्द्व शुरु भएयता मात्र सिरियामा इजरायलले सयौं पटक हवाई आक्रमण गरिसकेको छ । यी आक्रमणहरु मुख्य रुपमा सिरियाली सेनाका साथै इरान समर्थित लडाकू विरुद्ध लक्षित रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : ३३ बजे

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा, केही मन्त्री हेरफेरको तयारी

काठमाडौं- सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको

उपनिर्वाचन : भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने भन्दै भौतिक संरचना

पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त

काठमाडौं– पाकिस्तानले अकिब जावेदलाई ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लिन स्वीप

काठमाडौं– अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्वीप गरेको छ ।

अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता 

एजेन्सी –अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना