कर्णालीमा उत्पादन हुने कृषि उपज अब सडकमै पाइने | Khabarhub Khabarhub

कर्णालीमा उत्पादन हुने कृषि उपज अब सडकमै पाइने


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो ।

कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरु, तिला कर्णालीका असला माछाको सुकुटीलगायतका खाद्यान्नको सहज उपलब्धताका लागि कर्णाली राजमार्गका विभिन्न स्थानमा कोसेली घर स्थापना हुने भएका छन् ।

कृषि उपजका वस्तु बजारीकरणका लागि कर्णाली राजमार्गमा तिलागुफा नगरपालिकाले कोसेली घर स्थापना गर्ने अभियान नै थालेको हो । स्थानीय उत्पादन बजारीकरणका लागि राजमार्गका छेउमा करिब १५ घर स्थापना हुन लागेको हो । कोसेली घर स्थापनाले युवालाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै कर्णालीका कृषि तथा खाद्य वस्तुहरु उत्पादनमा वृद्धि गर्ने उद्देश्य नगरपालिकाले राखेको छ ।

कर्णालीमा उत्पादन हुने फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरु, तिला कर्णालीका असला माछाको सुकुटी कोसेली घरमा राखेर बिक्री गर्ने तयारी थालिएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘कर्णालीमा उत्पादन हुने स्थानीय बालीको बजारीकरण गर्नका लागि कोसेली घरको स्थापना गर्न थालेका छौं,’ उनले भने, ‘कर्णालीमा उत्पादन हुने वस्तुको बजारीकरणबाट राम्रो फाइदा लिन सकिन्छ ।’

कर्णालीमा उत्पादन हुने वस्तु बजारमा राम्रो माग भए पनि त्यसको बजारीकरण नहुँदा समस्या भएको र त्यसको बजारीकरणका लागि कर्णाली राजमार्ग छेउछाउमा कोसेली घर स्थापना गरेर बाहिरबाट आउने पर्यटकका लागि बिक्री वितरणका लागि सजिलो होस् भनेर राजमार्गमा नै कोसेली घर स्थापना गर्न लागिएको प्रमुख शाहीले बताए ।

‘कर्णालीमा उत्पादन हुने वस्तुको माग निकै बढेको छ,’ उनले भने, ‘कर्णालीमा उत्पादन हुने कृषि वस्तु सहजै अरूले बिक्री वितरण गर्न पाउन् भनेर राजमार्गको छेउछाउमा कोसेली घर स्थापना गर्न लागिएको हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : ०७ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु