दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु « Khabarhub

दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ ।

दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मारिने व्यक्ति भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लाल रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको जनाइएको छ । झडपका क्रममा भारतीय प्रहरीका एकजना डीसीपी समेत घाइते भएका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी गरेका छन् भने प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गामुढा वर्षाएका छन् ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि बल प्रयोग गरेको छ । यहीक्रममा प्रदर्शनकारीहरु प्रहरीमाथि जाइलागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यहीक्रममा प्रहरीका डीसीपी घाइते भएको जनाइएको छ ।

तनावग्रस्त अवस्थालाई नियन्त्रण गर्नका लागि प्रहरीले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यू जारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीसमक्ष संयमता अपनाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : १० बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ