अमेरिकामा रहेका युवा कलाकारले ‘गोर्खे’मार्फत देखाए राष्ट्रप्रेम ! « Khabarhub

अमेरिकामा रहेका युवा कलाकारले ‘गोर्खे’मार्फत देखाए राष्ट्रप्रेम !


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्ड मार्शल स्याम मानिक्शाको एउटा चर्चित भनाई छ “ यदि कसैले मर्नदेखि डराउदिन भन्छ भने कि त उसले झुट बोलेको हुनुपर्छ कि त उ गोर्खाली हुनुपर्छ ।” गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् । हाम्रो देश पुर्खाको विरताले आर्जेको देश हो । यस्तै भावना बोकेको गीत ‘गोर्खे’ सार्वजनिक भएको छ ।

अमेरिकामा बसेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशील राष्ट्रप्रेमी युवा पुस्ताका सर्जक कलाकारहरुले यही कुरालाई मनन गर्दै  “गोर्खे” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले राष्ट्रका लागि सोच्नु र गर्नुपर्नेबेला आएको भन्ने भाव झल्काइएको छ । गीतको म्यूजिक भिडियोमा अहिलेको अवाश्यकता भनेको राष्ट्रियता भएको जनाइएको छ ।

गीतमा गायक किरण गजमेरको श्वर रहेको छ । गीतका शब्द नारायण ढुङ्गाना र प्रलाद ढुङ्गानाले मिलेर लेखेका हुन् भने गीतमा संगीत रुपेश डग्नाको रहेको छ। गोपाल रसाइलीले गीतको संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन । लक्ष्मी बर्देवा सह निर्देशक रहेको यस भिडियोलाई चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन । हरि घिमिरेको लगानीमा भिडियो निर्माण भएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : १६ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड