मुस्ताङमा लेक लागेर मलेसियन पर्यटकको मृत्यु « Khabarhub

मुस्ताङमा लेक लागेर मलेसियन पर्यटकको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम- मुस्ताङमा आइतबार एक मलेसियन पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका मलेसियन नागरिक ६२ वर्षीय राजा लिङ्गम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।

मृतक राजा लिङ्गम श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम  पुगेका थिए ।  जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिव १० बजे वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भएपछि उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक विनोद पौडेलले जानकारी दिए ।

उनको लेक लागेर मृत्यु भएको जनाइए पनि मृत्य को कारण बारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । उनको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्