मुस्ताङमा लेक लागेर मलेसियन पर्यटकको मृत्यु « Khabarhub

मुस्ताङमा लेक लागेर मलेसियन पर्यटकको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम- मुस्ताङमा आइतबार एक मलेसियन पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार पासपोर्ट नम्बर ४०८२९०२६ भएका मलेसियन नागरिक ६२ वर्षीय राजा लिङ्गम थेन्चाथम्दीको मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।

मृतक राजा लिङ्गम श्रीमती र केही आफन्तसहित मुक्तिनाथ दर्शन गर्न आइतबार जोमसोम  पुगेका थिए ।  जोमसोमबाट मुक्तिनाथ पुगेर फर्किने क्रममा बिहान करिव १० बजे वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिक्षेत्र हेलिप्याड नजिक अचानक बेहोस भएपछि उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरी निरीक्षक विनोद पौडेलले जानकारी दिए ।

उनको लेक लागेर मृत्यु भएको जनाइए पनि मृत्य को कारण बारेमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । उनको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ४६ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु