श्रीमतीले 'टिकटक' बनाउँदा सईमाथि कारवाही | Khabarhub Khabarhub

श्रीमतीले ‘टिकटक’ बनाउँदा सईमाथि कारवाही


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि भक्तपुरमा रहेर काम गर्दै आएका प्रहरी नायब निरीक्षक रत्नबहादुर थापा टिकटकका कारण कारवाहीमा परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर र मातहतका प्रभागको इञ्चार्ज सम्हालेर प्रहरी सेवामा राम्रो छवि बनाउँदै आएका प्रहरी नायब निरीक्षक थापा प्रहरी पोशाकमै श्रीमती दिलु मगरसँग बसेर टिकटक बनाएपछि कारवाहीमा परेका हुन् ।

प्रहरी पोशाकका रत्नसँगै श्रीमती दिलुले बनाएको एउटा टिकटक र रत्नको प्रहरी पोशाक श्रीमतीले लाएर हातमा पेस्तोल समातेर खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी तानेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले प्रनानि थापालाई रानीपोखरीले तानेपछि उहाँले इञ्चार्ज सम्हाल्दै आएको चाँगुनारायण नगरपालिकास्थित प्रहरी प्रभाग सुडालमा प्रनानि राजु प्रसाईंलाई पठाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ०५ बजे

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको