कोरोना प्रभाव : यूईएफएले सबै प्रतियोगिताका फाइनल स्थगित गर्‍यो | Khabarhub Khabarhub

कोरोना प्रभाव : यूईएफएले सबै प्रतियोगिताका फाइनल स्थगित गर्‍यो


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाईरस (कोभिड १९) ले विश्वभर महामाही निम्ताइ रहँदा युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पियन्स लिग फाईनलसहित अधिकाशं प्रतियोगिताको अनिश्चितकालका लागि स्थगित गरेको छ ।

युईएफएले सोमबार राति खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघिको तालिका अनुसार च्याम्पियन्स लिगको फाईनल टर्कीको ईस्तानबुलमा खेलाउने तय थियो । तर, अब कहाँ र कहिले हुने भन्ने अनिश्चित बनेको छ ।

च्याम्पियन्स लिगसँगै यूरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाईनल समेत स्थगित भएको छ ।

यसअघि यी दुवै प्रतियोगिता मेमा सञ्चालन गर्ने तयारी थियो ।

च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगको खेल सञ्चालन भईरहदाँ कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । यस्तै, अन्तिम १६ को दोस्रो लेगको चार चरणको खेल अझै बाँकी छ ।

यूईएफएले युरो २०२० लाई स्थगित गर्दै एक बर्ष पछि सञ्चालन गर्ने सहमति यसअघि नै गरिसकेको छ ।

कोरोना भाइरसका कारण विश्वभर फुटबलसहित विभिन्न खेलकुद गतिविधि ठप्प छन् । झण्डै दुई हप्ताभन्दा लामो समयदेखि युरोपेली फुटबल बन्द छ ।

अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार नाघि सकेको छ भने ३ लाख बढीमा सक्रमण देखिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : २९ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा