कोरोना प्रभाव : यूईएफएले सबै प्रतियोगिताका फाइनल स्थगित गर्‍यो « Khabarhub

कोरोना प्रभाव : यूईएफएले सबै प्रतियोगिताका फाइनल स्थगित गर्‍यो


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाईरस (कोभिड १९) ले विश्वभर महामाही निम्ताइ रहँदा युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पियन्स लिग फाईनलसहित अधिकाशं प्रतियोगिताको अनिश्चितकालका लागि स्थगित गरेको छ ।

युईएफएले सोमबार राति खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघिको तालिका अनुसार च्याम्पियन्स लिगको फाईनल टर्कीको ईस्तानबुलमा खेलाउने तय थियो । तर, अब कहाँ र कहिले हुने भन्ने अनिश्चित बनेको छ ।

च्याम्पियन्स लिगसँगै यूरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाईनल समेत स्थगित भएको छ ।

यसअघि यी दुवै प्रतियोगिता मेमा सञ्चालन गर्ने तयारी थियो ।

च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगको खेल सञ्चालन भईरहदाँ कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । यस्तै, अन्तिम १६ को दोस्रो लेगको चार चरणको खेल अझै बाँकी छ ।

यूईएफएले युरो २०२० लाई स्थगित गर्दै एक बर्ष पछि सञ्चालन गर्ने सहमति यसअघि नै गरिसकेको छ ।

कोरोना भाइरसका कारण विश्वभर फुटबलसहित विभिन्न खेलकुद गतिविधि ठप्प छन् । झण्डै दुई हप्ताभन्दा लामो समयदेखि युरोपेली फुटबल बन्द छ ।

अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार नाघि सकेको छ भने ३ लाख बढीमा सक्रमण देखिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : २९ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा