लकडाउनको उल्लंघन गरी सडकमा निस्किने १० जना पक्राउ « Khabarhub

लकडाउनको उल्लंघन गरी सडकमा निस्किने १० जना पक्राउ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आदेश उल्लंघन १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर बाहिर निस्किएका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले चितवनको नारायणगढ, टाँडी र भरतपुर क्षेत्रबाट १० जनालाई नियन्त्रणमा लिएको हो ।

सरकारले मंगलबार ६ बजेदेखि लागू हुने गरी १ हप्ते लकडाउनको आदेश जारी गरेको छ । आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : ५१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते