लकडाउनको उल्लंघन गरी सडकमा निस्किने १० जना पक्राउ « Khabarhub

लकडाउनको उल्लंघन गरी सडकमा निस्किने १० जना पक्राउ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको ‘लकडाउन’को आदेश उल्लंघन १० जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

सरकारले घरबाट ननिस्किन भनेर जारी गरेको आदेश उल्लंघन गरी विना कामकाज घर बाहिर निस्किएका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

प्रहरीले चितवनको नारायणगढ, टाँडी र भरतपुर क्षेत्रबाट १० जनालाई नियन्त्रणमा लिएको हो ।

सरकारले मंगलबार ६ बजेदेखि लागू हुने गरी १ हप्ते लकडाउनको आदेश जारी गरेको छ । आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : ५१ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता