कोरोना संक्रमण देखिएकी युवतीसँग एकै विमानमा आएका युवालाई क्वारेन्टाइनमा राखियो « Khabarhub

कोरोना संक्रमण देखिएकी युवतीसँग एकै विमानमा आएका युवालाई क्वारेन्टाइनमा राखियो


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ-कोरोना भाइसर (कोभिड १९) संक्रमण देखिएकी १९ वर्षीय किशोरीसँगै एउटै जहाजमा आएका बाग्लुका युवालाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

चैत चार गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

युवतीमा संक्रमण देखिएपछि उनीसँगै विमानमा आएका ढोरपाटन नगरपालिका ५ अधिकारी चौरका एक युवालाई घरमै क्वारेन्टाइनमा राखिएको हो ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीका अनुसार उनलाई अहिले घरमै क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट आएका उनी एक रात काठमाडौंमा बसेपछि गृहजिल्ला पुगेका थिए ।

मेयर नेपालीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १४ दिन क्वारेन्टाइनमा राख्न सल्लाह दिएर आफु फर्किएको उनले बताए ।

चिकित्सक र प्रहरी टोली लिएर नगरपालिकाका मेयर र अन्य पतिनिधि उनको घर पुगेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ०८ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार