नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित | Khabarhub Khabarhub

नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमको जोखिमलाई मध्यनजर गर्दै सेनाले घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको हो ।

हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे जात्रा पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक पर्वको रुपमा रहेको घोडेजात्राको दिन नेपाली सेनाले समेत विशेष समारोह आयोजना गर्ने गर्छ ।

तर, यस वर्ष सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने भन्दै मंगलबारदेखि नै देशव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ ।

सेनाले यसअघि औपचारिकता पूरा गर्ने उद्देश्यले सीमित मात्रै व्यक्तिको उपस्थितिमा घोडेजात्रा समारोह सम्पन्न गर्ने तयारी गरेको थियो ।

तर, सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेपछि समारोह नै स्थगित गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ५१ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र