नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित « Khabarhub

नेपाली सेनाद्वारा घोडेजात्रा सामारोह स्थगित


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमको जोखिमलाई मध्यनजर गर्दै सेनाले घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको हो ।

हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे जात्रा पर्व मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक पर्वको रुपमा रहेको घोडेजात्राको दिन नेपाली सेनाले समेत विशेष समारोह आयोजना गर्ने गर्छ ।

तर, यस वर्ष सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने भन्दै मंगलबारदेखि नै देशव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ ।

सेनाले यसअघि औपचारिकता पूरा गर्ने उद्देश्यले सीमित मात्रै व्यक्तिको उपस्थितिमा घोडेजात्रा समारोह सम्पन्न गर्ने तयारी गरेको थियो ।

तर, सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेपछि समारोह नै स्थगित गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ५१ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार