कोरोना शंका गरिएको नमूना पठाउन कठिनाइ « Khabarhub

कोरोना शंका गरिएको नमूना पठाउन कठिनाइ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हवाई सेवा बन्द हुँदा जिल्लाका अस्पतालहरुबाट कोरोना भाइरस संक्रमणको शंका गरिएको नमूना (स्याम्पल) राजधानी काठमाडौंस्थित केन्द्रीय प्रयोगशाल पठाउन समस्या भएको छ ।

चितवनको कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको थ्रोड स्वाब स्याम्पल सडकबाट पठाइएको त्यहाँका चिकित्सकले जनाएका छन् ।

पूर्वी तराईको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार आइसोलेसनमा राखिएका एक बिरामीको परीक्षण नमूना केन्द्रीय प्रयोगशाला पठाउन सकिएको छैन ।

मेची अञ्चल अस्पताल झापामा एक जना आइसोलेसनमा र १६ जना क्वारेन्टाइनमा छन् ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईका अनुसार गौरादह नगरपालिका एक जनालाई सोमबार आइसोलेनसमा राखिएको हो । उनी हालै कतारबाट आएको जनाइएको छ ।

झापाको नमुना स्वाब एम्बुलेन्समार्फत धरान पठाएको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलित समेत गरेर प्रतिष्ठानकै एम्लुलेन्सले काठमाडौं ल्याउने जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ४५ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि