लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन « Khabarhub

लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न सप्तरीमा सेना परिचालन गर्नु परेको छ ।

विना काम घर बाहिर निस्किन नपाउने गरी सरकारले लकडाउनको आदेश जारी गरेपनि सप्तरीका विभिन्न ठाउँमा सर्वसाधारणहरु घरबाहिर निस्किन छाडेका छैनन् ।

सर्वसाधारणहरु सामान्य दिनजस्तै जथाभावी घर बाहिर निस्किने र भिड जम्मा हुने स्थिति आएपछि प्रहरीलाई सहयोग पुग्ने गरी सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार अहिले सेनाको भीम दल गणबाट जिल्लाका ४ ठाउँमा सैनिक गस्ती खटाइएको छ ।

सप्तरी सदरमुकाम राजविराजसहित हनुमाननगर, कल्याणपुर र रुपनीमा सैनिक गस्ती खटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी प्रशासनले लकडाउनको आदेश जारी गर्न सुरक्षाकर्मीको जनशक्ति कम भएको पनि जनाएको छ । हाल जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जनशक्तिले आदेश कार्यान्वयन गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकारीले बताए ।

‘हामीले गृह मन्त्रालयलाई पत्र लेखेर जिल्लामा १ सय बढी प्रहरीले ३ सय ५० सम्म सशस्त्र प्रहरीको जनशक्ति पठाइदिन भनेका छौं,’ जिल्ला प्रशासन कार्यालय सप्तरीका एक अधिकारीले भने, ‘अहिले प्रहरी र सशस्त्र प्रहरीको संख्या कम भएकाले सेना परिचालन गर्नु परेको छ । गृहले माग गरिएको प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति पठाएपछि सैनिक गस्ती रोकिन्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ४६ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग