सीमामा रोकिएका नेपालीलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिइने « Khabarhub

सीमामा रोकिएका नेपालीलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिइने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– सरकारले दक्षिणी सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

भारतबाट नेपाल भित्रन खोज्ने नेपालीहरु सीमामा धेरैको संख्यामा भेला भएको भन्दै सरकारले दक्षिणी सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्रका आधारमा नेपाल प्रवेश गर्न दिने निर्णय भएको हो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि उच्च स्तरीय समितको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले सीमाबाट नेपाल प्रवेश गरेसँगै उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको जानकारी दिए ।

;पूर्व सूचना नपाएर यात्रा कायम राखेर दक्षिणी सीमामा अलपत्र परेको पायौं । जम्मा भएका मानिसलाई छोड्ने र १४ दिन उहाँहरु क्वारेन्टाइनमा बस्नु पर्नेछ,’ उनले भने, ‘नेपाली भएको परिचय पत्र प्रमाणित गरेर छोाडिदिने निर्णय भएको छ । उहाँलाई क्वारेन्टाइनमा राख्ने लगायका काम स्थानीय सरकारले गर्ने छ ।’

स्वास्थ्य सामाग्रीहरु स्थानीय बजारमा उत्पादन नभएका कारण त्यस्ता सामाग्रीहरु विदेशबाट ल्याउन निजी व्यवसायीलाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण कोष सरकारले नै बनाइसकेको अवस्थामा अन्य कुनै संघ वा संस्थालाई त्यस्तो कोष नबनाउन बैठकले निर्देशन दिएको छ । यदी बनाइसकेको भए त्यहाँ जम्मा भएको रकम एक हप्ता भित्र सरकारी कोषमा जम्मा गर्न समेत बैठकले निर्देशन दिएको छ ।

त्यस्तै बैठकले धुलिखेल, विपी र वीर अस्पतालमा कोरोना भाइसर परीक्षण यन्त्र तयार गर्ने बेलासम्ममा टेकुमा नै परीक्षण गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ५९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता