कोरोना भाइरस : यी हुन् अभिभावकले जान्नैपर्ने कुराहरु « Khabarhub

कोरोना भाइरस : यी हुन् अभिभावकले जान्नैपर्ने कुराहरु


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

‘नोभल’ कोरोना भाइरस के हो?

नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।

नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने गरिएको थियो।

कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

कोभिड-१९ कसरी फैलिन्छ?

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनबाट (खोक्दा वा हाच्छ्युँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाहरूबाट र भाइरसबाट संक्रमित सतह/वस्तुहरू छुँदा यो भाइरस सर्ने गर्दछ।

कुनै पनि स्थान तथा सतहमा कैयौं घण्टासम्म कोभिड-१९ भाइरस जिवित रहन सक्छ तर सामान्य जिवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।

कोरोनाभाइरसका लक्षणहरू के के हुन् ?

ज्वरो आउनु, खोकी लाग्नु तथा स्याँस्याँ हुनु यसका लक्षणहरू हुन्। जटिल अवस्थामा यसको संक्रमणले निमोनीया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ, जुन हालसम्म निकै न्युन रहेको छ।

यि लक्षणहरू ईन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरू जस्तै देखिन्छन, जुन कोभिड-१९ भन्दा धैरै देख्न सकिन्छ। त्यसकारण कसैलाई कोभिड-१९ को संक्रमण भएको हो वा होईन भनेर निर्क्योल गर्नकालागि परिक्षण नै गर्नुपर्ने हुन्छ। यसबाट जोगिनका लागि अपनाइने उपायहरू पनि उस्तै नै छन्, जस्तै नियमित हात धुनु र श्वासप्रश्वास सम्बन्धी व्यवहारमा ध्यान पुर्याउनु (खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालको प्रयोग गर्नु र त्यसपश्चात उक्त कागजी-रुमाललाई बन्द फोहोरदानीमा फाल्नु)।

संक्रमणको जोखिमबाट म कसरी जोगिन सक्छु?

संक्रमणको जोखिमबाट आफू र आफ्नो परिवारलाई जोगाउन तपाईंले निम्न चार उपायहरू अवलम्बन गर्न सक्नुहुन्छ:

  • नियमित रुपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जिवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।
  • रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।
  • आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिनुहोस्। -यूनिसेफबाट

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : २७ बजे

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको