अष्ट्रेलियामा नेपाली युवाबीच कुटाकुट, एक जनाको मृत्यु  « Khabarhub

अष्ट्रेलियामा नेपाली युवाबीच कुटाकुट, एक जनाको मृत्यु 


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । मदिराले मात्तिएपछि युवाहरुबीच भएको कुटाकुटले एक जनाको ज्यान गएको हो ।

मृत्यु हुने २३ वर्षका युवक रहेको जनाइएको छ । गत मार्च २१ गते हर्जविलको एक पपमा मदिरा पिउने क्रममा शुरु भएको विवादले उग्र रुप लिएपछि ती युवकको मृत्यु भएको थियो ।

बारमा तीन तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए ।

त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइ जना पर्खलाबाट सडकमा लडेका थिए । लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको हो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : १९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको