मकवानपुरका ३७ मोटरसाइकल नियन्त्रण « Khabarhub

मकवानपुरका ३७ मोटरसाइकल नियन्त्रण


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी सवारी चलाएको भन्दै ३७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ३७ मोटरसाइकल नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए ।

हेटौँडा बजार, मनहरी बजार, दामन पालुङ, चौघडा, शिखरपुरलगायत मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

मकवानपुरमा अन्य आपत्तिजनक कुनै पनि गतिविधि नभएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : २५ बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको