भारतीय प्रधानमन्त्री मोदीद्वारा तीन साता ‘लकडाउन’ घोषणा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीद्वारा तीन साता ‘लकडाउन’ घोषणा


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले भारतभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् ।

मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् ।

उनले घरबाहिर ननिस्किन आग्रह समेत गरेका छन् । सम्बोधनका क्रममा उनले एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो ‘को–कोई रो–रोड पर ना–ना निकले’ अर्थात कोही पनि रोडमा ननिस्कनुस् ।’

कोरोनाविरुद्ध लड्न प्रधानमन्त्री मोदीले भारतमा लगाएको जनताको कर्फ्यू एसियाली अन्य मुलुकमा पनि लोकप्रिय बनेको थियो । भारतपछि नेपालमा समेत जनता कर्फ्यू जस्तै गरी सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

जनता कफ्र्यु बंगलादेशमा पनि लागू भइसकेको छ । प्रधानमन्त्री मोदीले आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फ्यू लागू गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : २९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका