वुहानमा पाँच दिनको शून्यतापछि फेरि देखियो कोरोना भाइरसको नयाँ संक्रमण « Khabarhub

वुहानमा पाँच दिनको शून्यतापछि फेरि देखियो कोरोना भाइरसको नयाँ संक्रमण


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ।

कोभिड–१९ नामक रोग लगाउने नयाँ कोरोनाभाइरस पहिलो पटक हुबे प्रान्तको उक्त सहरमा देखिएको थियो। त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन।

अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको छ।

सङ्क्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ। चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस सङक्रमण घट्ने क्रम जारी रहेको छ। चार हप्ताअघि त्यहाँ सङ्क्रमण दर उच्च रहेको थियो।

त्यहाँ विगत २४ घण्टामा कोभिड-१९ भएका ६४ जना व्यक्ति भेटिएको बताइएको छ। त्यससँगै त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्या ८,९६१ पुगेको छ। त्यहाँ १११ जनाको ज्यान गइसकेको छ।

दक्षिण कोरियामा स्वास्थ्यकर्मीहरूले सर्वसाधारणहरूले अझै पर्याप्त सावधानी नअपनाएको भन्दै कोरोनाभाइरससँगको सङ्घर्ष अझै लामो हुन सक्ने बताएका छन्।

दक्षिण कोरियामा दैनिक २०,००० जनाको परीक्षण भइरहेको छ। यो दर विश्वभरिकै सबैभन्दा बढी हो। त्यहाँ अहिले सार्वजनिक र निजी प्रयोगशालाहरूको सञ्जाल बनाइएको छ। रोगको लक्षण देखिएका मानिसहरू आफैँ गाडी चलाएर गई स्वास्थ्य परीक्षण गराउन सक्छन्।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ४४ बजे

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

नेपालगन्ज– बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन

ग्लोबल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रम घोषणा, आवेदन खुला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु,

कास्कीमा रोपाइँ तीव्र, ४७ प्रतिशत रोपाइँ सकियो

लेखनाथ– अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज