‘लकडाउन’मा बैंकका शाखा बन्द भएपनि आर्थिक कारोबार नरोकिने « Khabarhub

‘लकडाउन’मा बैंकका शाखा बन्द भएपनि आर्थिक कारोबार नरोकिने


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मंगलबार बिहानदेखि गरेको ‘लकडाउन’का कारण  बैंकका अधिकांश शाखा बन्द रहे पनि आर्थिक कारोबार भने नरोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा पैसा जम्मा गर्न चाहने र जम्मा गरेको पैसा निकाल्न चाहनेका लागि भने सम्बन्धित बैंकहरुले आवश्यक व्यवस्था मिलाउनु पर्ने राष्ट्रबैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले काठमाडौंको हकमा आज (मंगलबार) बिदा नै रहेको र बुधबारदेखि भने सीमित काउण्टर सीमित समयका लागि मात्र खुलाउने व्यवस्था बैंकले मिलाएको बताए ।

काठमाण्डौ बाहिरको हकमा भने यो व्यवस्था मंगलबारदेखि नै लागू भएको कामु गभर्नर शिवाकोटीले बताए । सवसाधारणको आवश्यतालाई हेरेर आर्थिक कारोवारको व्यवस्था बैंक स्वयंले मिलाउने उनको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १० : ४० बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि