कोरोनाभाइरस : फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाए « Khabarhub

कोरोनाभाइरस : फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएका छन् ।  एकैदिन ५१६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ ।

एकै दिन २ हजार २३९ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार १८३ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : १९ बजे

‘राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणीकरण गरेको

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

ढोरपाटन – बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७

नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल : सर्वोच्च बार

काठमाडौँ– सर्वोच्च अदालत बार एशोसिएसनले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ – धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

रामपुर – पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण