कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाए « Khabarhub

कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि डरलाग्दो अवस्थामा फैलिएको छ ।

हालसम्म अमेरिका पछि स्पेन कोरोना भाइरसले प्रभावित बनेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ४ हजार ६३५जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ८९ हजार २५० जना उपचारपछि निको भएका छन् । ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १ हजार ६१७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

स्पेनमा आजको तथ्यांक हेर्दा कोरोना संक्रमण दर घट्दै गएको पाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन