भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद थप | Khabarhub Khabarhub

भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद थप


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ ।

डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिए ।

वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी सात दिनको म्याद थप गरेको पनि श्रेष्तेदार गिरीले जानकारी दिए । उनका अनुसार अदालतले आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सक्ने छ ।

वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र वन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटकपटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानूनी व्यवस्था छ ।

यसअघि लकडाउनका समयमा अनुसन्धानका लागि थुनामा रहेका व्यक्तिलाई म्याद थपका लागि अदालतमा पेश गर्दा कोरोना भाइरस परीक्षणको रिपोर्ट माग गरिएको थियो ।

वन कार्यालयले लकडाउनका अवधिमा १३ घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । सो अवधिमा चारचार ट्राक्टर र मोटरसाइकल, दुई थान बन्दूक, गोलीबारुद, गुलेली र मटे्ङ्ग्रा बरामद गरिएको बताइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : ०९ बजे

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

गण्डकी – सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले

म्याग्दीको पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर