हिमालयन बैंकद्वारा १०० घरधूरीलाई राहत सामाग्री वितरण « Khabarhub

हिमालयन बैंकद्वारा १०० घरधूरीलाई राहत सामाग्री वितरण


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ ।

विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड—१९)को महामारीबाट नेपालमा पनि केहि व्यक्तिहरुमा संक्रमण देखिएकोले सो भाइरस विरुद्ध लड्न नेपाल सरकारद्वारा विगत १ महिनादेखि मुलकभरि बन्दाबन्दी लागु गरे पश्चात दैनिक ज्यालादारी तथा गरिब जनताहरुलाई दैनिकरुपमा हात मुख जोड्न समस्या उत्पन्न भएको छ ।

यसै विषम परिस्थितिलाई ध्यानमा राखी बैंकले बाँके जिल्ला स्थित राप्तीसोनारी गाँउपालिका अन्तर्गतका १०० घरधूरी परिवारलाई आवश्यक पर्ने चामल, दाल, नुन, तेल आदि जस्ता खाद्यान्नहरु खरिद गरि बैंकका शाखा प्रबन्धक भरत भुषालद्वारा उक्त सामाग्री गाँउपालिका अध्यक्ष लहुराम थारुको उपस्थितिमा गाँउपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।

बैंकले यस अघि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । यसका साथै बैंकले धनगढी उपमहानगरपालिकामा पनि राहत स्वरुप खाद्यान्न वितरणको लागि रु. ५०,०००÷— सहयोग गरेको थियो ।

बैंकले यस विषम परिस्थितिमा राहत सामाग्री वितरण गर्नुका साथै ग्राहकहरुको सुविधालाई मध्यनजर राखी विभिन्न प्रदेश तथा स्थानका आफ्ना शाखा कार्यालयहरु निश्चित समयका लागि खोली बैंकिङ्ग कारोबारलाई सुचारु राखेको छ ।

शाखा कार्यालयहरु खोलिने स्थान तथा समयको जानकारी बैंकले आफ्नो आधिकारीक वेबपेज www.himalayanbank.com_ तथा बैंकको फेसबुक पेजमा https://www.facebook.com/himalayanbankltd_प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ०२ बजे

‘राम नाम सत्य’लाई हलबाट लगानी उठान मुस्किल, फ्लप भयो ‘पहाड’

काठमाडौं – नयाँ वर्षको बिदा उपभोग गर्ने गरी प्रदर्शनमा आएका

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बसेको छ । सानेपास्थित

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय

सन फार्माले अर्गानन किन्न सहमति

मुम्बई– भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने

खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र