श्री एयरलाइन्सले नि: शुल्क ल्याइदियो सिङ्गापुरबाट स्वास्थ्य सामग्री | Khabarhub Khabarhub

श्री एयरलाइन्सले नि: शुल्क ल्याइदियो सिङ्गापुरबाट स्वास्थ्य सामग्री


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ आइपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

बिहीबार बिहान सिङ्गापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे पनि प्रतिकूल मौसमका कारण आज फर्किएको हो । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो ।

कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएको छ । यी दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो । ती सामग्री केही बेरअघि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले उल्लेख गरेको छ ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ३५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।