लकडाउनबारे सरकार अनिर्णीत, मन्त्रिपरिषदको अर्को बैठकले ठोस निर्णय गर्ने « Khabarhub

लकडाउनबारे सरकार अनिर्णीत, मन्त्रिपरिषदको अर्को बैठकले ठोस निर्णय गर्ने


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन देशव्यापी लकडाउन गरेको एक महिना पुगिसकेको छ । सरकारले तेस्रो पटक गरी वैशाख १५ गतेसम्मका लागि लकडाउन बढाएको थियो ।

सरकारले घोषणा गरेको लकडाउनको म्याद अब सोमबार सकिँदै छ । यसैबीच शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका सम्बन्धमा कुनै निर्णय गर्ने अपेक्षा गरिएको थियो ।

तर, सोमबारको बैठकमा भने लकडाउनका विषयमा सामान्य छलफल भएपनि कुनै निर्णय भने भएन । मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार लकडाउनबारे अर्को बैठकमा निर्णय गर्ने भन्दै शुक्रबारको बैठक सकिएको छ ।

‘सम्बवत पर्सीसम्म अर्को बैठक बस्ने छ । लकडाउनबारे त्यहि बैठकमा निर्णय गर्ने भनिएको छ,’ ती मन्त्रीले भने, ‘अहिलेको अवस्थामा लकडाउनको समीक्षा गर्ने तथा समग्रमा संक्रमणको अवस्थाको बारेमा पनि अध्ययन गर्नुपर्ने वैठकमा राय व्यक्त भयो ।’

सरकारले नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन घोषणा गरेको थियो । त्यसयता संक्रमितको संख्या बढेर बिहीबार साँझसम्म ४८ जना पुगिसकेको छ । यसबीचमा १० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । निको भएका बिरामीहरुलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

अस्पतालबाट डिस्चार्ज भएका बिरामीहरुलाई कम्तिमा २ हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । निको भएका कुनै बिरामीलाई कोरोनाको लक्षण देखिएमा उनीहरुको पुनः परीक्षण गरिने छ ।
पछिल्लो समय प्रदेश नम्बर १ को उदयपुर र भोजपुर जिल्लामा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएपछि चिकित्सकहरुले लकडाउन बढाउनुपर्ने मत राख्दै आएका छन् ।

निजी क्षेत्रका व्यवसायी र अर्थविद्हरुले भने कोरोनाको बढी प्रकोप देखिएको केही निश्चित क्षेत्रमा लकडाउन कडा बनाएर अन्य क्षेत्रमा भने खुकुलो पार्दै जानुपर्ने मत व्यक्त गर्दै आएका छन् ।

मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले लकडाउन तत्काल फिर्ता हुन नसक्ने संकेत गरेका थिए ।

‘छिमेकी देशमा संक्रमणको अवस्था तथा रोकथामका प्रयासमा प्राप्त सफलता समेतलाई मध्यनजर गरेर लकडाउनबारे निर्णय लिइने’ उनको भनाइ थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : ११ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका