चीनमा २४ घन्टायता कोरोनाका ६ नयाँ संक्रमित भेटिए « Khabarhub

चीनमा २४ घन्टायता कोरोनाका ६ नयाँ संक्रमित भेटिए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– कोरोना भाइरसको उद्गम देश चीनमा गएको २४ घन्टायता ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन ।  उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८०४ जना कोरोना भाइरसका कारण भएका विरामीको तथ्यांक पाइएको जनाएको छ ।

तीमध्ये पछिल्ला केही दिनमा मात्र ९१५ जना विरामी पाइएका छन् । तीमध्येका ५७ जना नागरिक गम्भीर स्वास्थ्य अवस्थामा रहेका पनि पाइएको सो समाचारमा उल्लेख गरिएको छ ।

साथै चीन सरकारले दिएको सो तथ्यांकमा ४ हजार ६३२ जना नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी गराएको छ । यहाँका विरामीहरुमध्ये ७७ हजार २५७ जना विरामी निको भएर घर फर्किएका छन् ।

चीनको स्वास्थ्य आयोगले पछिल्ला दिनहरुमा चीनको हुबे प्रान्तको वुहान शहरमा कोरोना भाइरसका नयाँ विरामी नभेटिएका दाबी गरेको छ ।  त्यसैगरी हङकङमा १ हजार ३५ जना नागरिक यस भाइरसबाट संक्रमित भएका बताइएको छ । त्यहाँ यस महामारीबाट ४ जनाको मृत्यु भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यस भााइरसको प्रकोपलाई महामारी भनेको थियो । अहिलेसम्म यस भाइरसबाट कम्तीमा पनि २७ लाख नागरिक संक्रमित भएका छन् ।  अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार यस प्रकोपबाट संसारका २०० भन्दा बढी देशमा कम्तीमा पनि १ लाख ९० हजार जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : २६ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक