अध्यादेश फिर्ता भए पनि यसबाट ‘प्रेरित अपराध’मा संलग्नलाई अन्मुक्ति दिनु हुँदैन– कांग्रेस « Khabarhub

अध्यादेश फिर्ता भए पनि यसबाट ‘प्रेरित अपराध’मा संलग्नलाई अन्मुक्ति दिनु हुँदैन– कांग्रेस


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेशका कारण ‘प्रेरित अपराध’लाई कानून अन्मुक्ति दिन नहुने बताएको छ ।

पार्टी भित्र तथा बाहिरको विरोधपछि सरकारले केही दिन अगाडि जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै कांग्रेसले त्यसबाट ‘प्रेरित अपराध’मा संलग्नलाई अन्मुक्ति दिन नहुने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अध्यादेश प्रकरणसँग गाँसिएको समाजवादी पार्टीका सांसदलाई जवरजस्ती काठमाडौं ल्याउने कार्यमा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।

‘चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ,’ शर्माले शुक्रबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता भएपनि यो प्रकरणसँग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।’

उक्त प्रकरणमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि इमानदार कानूनी कारबाहीका लागि पनि कांग्रेसले अपिल गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ०७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५