अध्यादेश फिर्ता भए पनि यसबाट ‘प्रेरित अपराध’मा संलग्नलाई अन्मुक्ति दिनु हुँदैन– कांग्रेस | Khabarhub Khabarhub

अध्यादेश फिर्ता भए पनि यसबाट ‘प्रेरित अपराध’मा संलग्नलाई अन्मुक्ति दिनु हुँदैन– कांग्रेस


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेशका कारण ‘प्रेरित अपराध’लाई कानून अन्मुक्ति दिन नहुने बताएको छ ।

पार्टी भित्र तथा बाहिरको विरोधपछि सरकारले केही दिन अगाडि जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै कांग्रेसले त्यसबाट ‘प्रेरित अपराध’मा संलग्नलाई अन्मुक्ति दिन नहुने बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अध्यादेश प्रकरणसँग गाँसिएको समाजवादी पार्टीका सांसदलाई जवरजस्ती काठमाडौं ल्याउने कार्यमा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।

‘चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ,’ शर्माले शुक्रबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता भएपनि यो प्रकरणसँग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।’

उक्त प्रकरणमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि इमानदार कानूनी कारबाहीका लागि पनि कांग्रेसले अपिल गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ०७ बजे

तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो

सिरहा– सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा– यहाँको त्रिवेणी नगरपालिका–२ चौसाला एक युवकको सर्पको टोकाइबाट मृत्यु

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

काठमाडौँ- सरकारले खर्च कटौतीको निर्णय गरेसँगै महँगा र विलाशी वस्तुको