राष्ट्रपति भण्डारीद्वारा विवादित २ अध्यादेश खारेज | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा विवादित २ अध्यादेश खारेज


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन् ।

सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी जानकारी दिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश २ वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गरी राजनीतिक दल विभाजको व्यवस्थालाई खुकुलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको थियो ।

यस्तै, संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्वलाई निस्प्रभाही बनाउन संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याइएको थियो ।

विश्वाव्यापी रुपमा नै कोरोना भाइरसको महामारी रहेको अवस्थामा सरकारले अनावश्यक रुपमा अनुपयुक्त अध्यादेशहरु ल्याएको भन्दै सत्तारुढ दल नेकपा भित्रै नेताहरुले चर्को विरोध गरेका थिए । यस्तै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका नेताहरुले समेत सरकारले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।

बिहीबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका थिए ।

बिहीबार नै अध्यादेश फिर्ता लिने निर्णय गर्ने भनिए पनि फिर्ता नभएपछि नेकपाका अध्यक्ष प्रचण्डसहित बहुमम सचिवालय सदस्यले अध्यादेश फिर्ताका लागि थप दवाव दिने निर्णय गरेका थिए ।

त्यसपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषदले गरेको निर्णयानुसार राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरिदिएकी हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : १९ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका