राष्ट्रपति भण्डारीद्वारा विवादित २ अध्यादेश खारेज « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा विवादित २ अध्यादेश खारेज


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका अध्यादेशहरु खारेज भएका छन् ।

सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी जानकारी दिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश २ वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गरी राजनीतिक दल विभाजको व्यवस्थालाई खुकुलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको थियो ।

यस्तै, संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्वलाई निस्प्रभाही बनाउन संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याइएको थियो ।

विश्वाव्यापी रुपमा नै कोरोना भाइरसको महामारी रहेको अवस्थामा सरकारले अनावश्यक रुपमा अनुपयुक्त अध्यादेशहरु ल्याएको भन्दै सत्तारुढ दल नेकपा भित्रै नेताहरुले चर्को विरोध गरेका थिए । यस्तै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका नेताहरुले समेत सरकारले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।

बिहीबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका थिए ।

बिहीबार नै अध्यादेश फिर्ता लिने निर्णय गर्ने भनिए पनि फिर्ता नभएपछि नेकपाका अध्यक्ष प्रचण्डसहित बहुमम सचिवालय सदस्यले अध्यादेश फिर्ताका लागि थप दवाव दिने निर्णय गरेका थिए ।

त्यसपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषदले गरेको निर्णयानुसार राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरिदिएकी हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५