‘लभ डायरिज’ युट्युबमा (भिडियो) « Khabarhub

‘लभ डायरिज’ युट्युबमा (भिडियो)


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका बेला फिल्म ‘लभ डायरिज’ युट्युबमा रिलिज गरिएको छ । लकडाउनका बेला मनोरञ्जन दिन भन्दै बुढासुब्बा डिजिटलले बिहीवार फिल्म रिलिज गरेको हो ।

सौरभ चौधरी निर्देशित यो फिल्मले हलमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । फिल्ममा सुशील श्रेष्ठ, विश्वजीत रिमाल, रुविना थापा लगायतको शीर्ष भूमिका छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

गतवर्ष रुविना थापाले नेपाली फिल्म उद्योगमा यही फिल्मबाट डेब्यु गरेकी थिइन् । फिल्मबाट उनले धेरथोर तारिफ पनि कमाइन् ।

फिल्मलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने मधु बास्कोटाले लेखेका हुन् । यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत तथा मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ३६ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर