रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह | Khabarhub Khabarhub

रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहिले घरमै बसेर नमाज पढ्नुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले कोरोनाको माहामारी बढ्दै गएको अवस्थामा मुस्लिम समुदायका व्यक्तिले मस्जिदमा नगइ घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् ।

भोलि (शनिबार)देखि रमजान पर्व शुरु हुन लागेको उल्लेख गर्दै आयोगका अध्यक्ष अन्सारीले विशेष नमाज पनि घरमै पढ्न आग्रह गरेका छन् ।

‘मुस्लिम समुदायलाई मस्जिदमा नमाज नपढी घरमा नमाज पढ्न आग्रह गर्छु, भोलिदेखि रमजान पर्व शुरु हुँदै छ, रमजानको विशेष नमाज पनि घरमै बसेर पढ्न म आग्रह गर्न चाहन्छु,’ आयोगका अध्यक्ष अन्सारीले भने, ‘कोरोना भाइरस कुनै जात धर्मलाई लक्षित गरेर आउने होइन, त्यसलै गर्दा कलडाउनको पूर्ण पालना गर्नु हामी सबै नागरिकको दायित्व हो ।’

उनले उदयपुरमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि आयोगले सबै मस्जिदमा रहेका धर्मगुरुलाई पनि सुरक्षित भएर बस्न आग्रह गरेको बताए । उनले सबै मस्जिदमा रहेकाहरुको कोरोना परीक्षण गर्न लागेको भन्दै सबैलाई कोरोना परीक्षणमा सहभागी हुन पनि अध्यक्ष अन्सारीले आग्रह गरे ।

मुस्लिम जमातिमा कोरोना संक्रमण देखिए पछि धेरैले मुस्लिम समुदायले कोरोना ल्याएको भन्ने आरोप लगाइएको भन्दै उनले मुस्लिम जमातीमा देखिएको कोरोना संक्रमणबारे आफूहरु गम्भीर भएर त्यसको अनुसन्धानमा लागेको पनि बताए । उनले सबै मुस्लिम समुदायलाई मस्जिद र छिमेकीको घरमा नजान पनि आग्रह गरेका छन् ।

‘कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय सोसल डिस्ट्यान्स र लकडाउनको पालना हो । त्यसैले मुस्लिम समुदायले देशलाई सहयोग गर्ने अवसर हो,’ आयोगका अध्यक्ष अन्सारीले भने, ‘यो समयमा मुस्लिम समुदायले कलडाउन उल्लंघन नगरिदिन, मस्जिद र मदरसामा नगइदिन म आग्रह गर्दछु ।’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ५९ बजे

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

एजेन्सी – भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण

विपक्षीलाई कांग्रेसको जवाफ- घोषणा पत्रमै लेखेको छ, अर्को चुनावमा पनि लेखौँला

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरण र गृहमन्त्री

भारतीय दूतावासको आयोजनामा क्रिकेट प्रतियोगिता

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले २०८२ जेठ १७ गतेदेखि जेठ २५

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

एजेन्सी– विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित

काठमाडौं– प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र