रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह « Khabarhub

रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहिले घरमै बसेर नमाज पढ्नुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले कोरोनाको माहामारी बढ्दै गएको अवस्थामा मुस्लिम समुदायका व्यक्तिले मस्जिदमा नगइ घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् ।

भोलि (शनिबार)देखि रमजान पर्व शुरु हुन लागेको उल्लेख गर्दै आयोगका अध्यक्ष अन्सारीले विशेष नमाज पनि घरमै पढ्न आग्रह गरेका छन् ।

‘मुस्लिम समुदायलाई मस्जिदमा नमाज नपढी घरमा नमाज पढ्न आग्रह गर्छु, भोलिदेखि रमजान पर्व शुरु हुँदै छ, रमजानको विशेष नमाज पनि घरमै बसेर पढ्न म आग्रह गर्न चाहन्छु,’ आयोगका अध्यक्ष अन्सारीले भने, ‘कोरोना भाइरस कुनै जात धर्मलाई लक्षित गरेर आउने होइन, त्यसलै गर्दा कलडाउनको पूर्ण पालना गर्नु हामी सबै नागरिकको दायित्व हो ।’

उनले उदयपुरमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि आयोगले सबै मस्जिदमा रहेका धर्मगुरुलाई पनि सुरक्षित भएर बस्न आग्रह गरेको बताए । उनले सबै मस्जिदमा रहेकाहरुको कोरोना परीक्षण गर्न लागेको भन्दै सबैलाई कोरोना परीक्षणमा सहभागी हुन पनि अध्यक्ष अन्सारीले आग्रह गरे ।

मुस्लिम जमातिमा कोरोना संक्रमण देखिए पछि धेरैले मुस्लिम समुदायले कोरोना ल्याएको भन्ने आरोप लगाइएको भन्दै उनले मुस्लिम जमातीमा देखिएको कोरोना संक्रमणबारे आफूहरु गम्भीर भएर त्यसको अनुसन्धानमा लागेको पनि बताए । उनले सबै मुस्लिम समुदायलाई मस्जिद र छिमेकीको घरमा नजान पनि आग्रह गरेका छन् ।

‘कोरोना भाइरसबाट बच्ने एकमात्र उपाय सोसल डिस्ट्यान्स र लकडाउनको पालना हो । त्यसैले मुस्लिम समुदायले देशलाई सहयोग गर्ने अवसर हो,’ आयोगका अध्यक्ष अन्सारीले भने, ‘यो समयमा मुस्लिम समुदायले कलडाउन उल्लंघन नगरिदिन, मस्जिद र मदरसामा नगइदिन म आग्रह गर्दछु ।’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ५९ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र