प्रधानमन्त्री ओलीलाई देउवाले भने- 'सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्' | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई देउवाले भने- ‘सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्’


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

शुक्रवार बालुवाटारस्थिति प्रधानमन्त्री निवासमा भएको भेट वार्तामा आफूले दुवै अध्यादेश फिर्त लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको बताए ।

उनले समाजवादी पार्टी नेता सुरेन्द्रप्रसाद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकालाई कारवाही गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका छन् ।

‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ , मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देउवाले व्यापक कोरोना परीक्षण अहिलेको आवश्यकता भएको र समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

देउवाले श्रमिकलाई कि खान दिनुस् कि गाउँ जान दिनुस् भनेर प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

देउवाले प्रधानमन्त्री ओलीसँग विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ५६ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा