प्रधानमन्त्री ओलीलाई देउवाले भने- ‘सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्’ « Khabarhub

प्रधानमन्त्री ओलीलाई देउवाले भने- ‘सांसदलाई अपहरण शैलीमा ल्याउनेलाई कारबाही गर्नुस्’


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

शुक्रवार बालुवाटारस्थिति प्रधानमन्त्री निवासमा भएको भेट वार्तामा आफूले दुवै अध्यादेश फिर्त लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको बताए ।

उनले समाजवादी पार्टी नेता सुरेन्द्रप्रसाद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकालाई कारवाही गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका छन् ।

‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ , मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देउवाले व्यापक कोरोना परीक्षण अहिलेको आवश्यकता भएको र समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

देउवाले श्रमिकलाई कि खान दिनुस् कि गाउँ जान दिनुस् भनेर प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

देउवाले प्रधानमन्त्री ओलीसँग विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्न आग्रह गरे ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ५ : ५६ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन