कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो, कहाँ कतिले ज्यान गुमाए ? « Khabarhub

कोरोना अपडेट : अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो, कहाँ कतिले ज्यान गुमाए ?


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५५१ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जनाको मृत्यु भएको छ ।

कोरोनामहामारीको पछिल्लो स्थिति

विश्वभर

कूल संक्रमित निको भएका कूल मृत्यु

कूल संक्रमित- २७,३३,५९१

निको भएका- ७,५१,४०४

कूल मृत्यु- १,९१,१८५

१. युरोप

कूल संक्रमित-  १२,००,२१७

निको भएका- ३,८०,९३४

कूल मृत्यु-१,१४,३६२

२. उत्तर अमेरिका

कूल संक्रमित- ९,५५,७७१

निको भएका – १,०५,५०२

कूल मृत्यु- ५४,०८०

३. एसिया

कूल संक्रमित – ४,३६,४९९

निको भएका- २,०५,८०६

कूल मृत्यु- १६,२३७

४. दक्षिण अमेरिका

कूल संक्रमित – १,०३,९३१

निको भएका- ४३,६८०

कूल मृत्यु- ५,०९४

५. अफ्रिका

कूल संक्रमित – २८,२२०

निको भएका- ८,५४३

कूल मृत्यु- १,३०१

६. ओसेनिया(अस्ट्रेलिया)

कूल संक्रमित – ८,२३२

निको भएका-६,१९४

कूल मृत्यु-९६

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २६ बजे

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख

‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई कसैको पनि प्राइभेट