रमजानमा मस्जिदमा भीडभाड नगरि घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह « Khabarhub

रमजानमा मस्जिदमा भीडभाड नगरि घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिवारबाट सुरु हुने मुस्लिम समुदायको रमजान पर्वको बेला मस्जिदमा भीडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगले अपिल गरेको छ । शनिवारबाट सुरु हुने रमजान एक महिना चल्ने छ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई रमजान पर्वको बेला मस्जिदमा भीडभाड नगरि घरभित्रै नमाज पढ्न अपिल गरेका हुन् ।

यो साता लगातार उदयपुरको मस्जिदसँग सम्बन्धित कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मद्रासाहरूमा सतर्कता बढाउन अनि आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्यमन्त्रालयसँग मिलेर काम गरिरहेको अन्सारीले बताए ।

रोगको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागु गराएको ‘लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन्। नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको सङ्ख्या ४८ पुगेको छ जसमध्ये १० जना निको भइसकेका छन्।

उपचाररत ३८ जनामध्ये उदयपुरका दुई दर्जनभन्दा बढी अनि वीरगञ्ज नजिकैको मस्जिदमा रहेका ३ जना थिए।

स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल बाग्लुङमा १ जना, धनगढीमा १ जना, भरतपुरमा २ जना, वीरगञ्जमा ५ जना र विराटनगरमा २९ जना उपचाररत छन्।

यसैबीच सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ ।

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडाँैस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ ।

उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ४३ बजे

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ

जेठ १० देखि डोल्पाका पाटनमा यार्सागुम्बा संकलन खुला

काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

बीपी राजमार्गमा राति गाडी चलाउन रोक, यस्तो छ सडकको अवस्था (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– विपि राजमार्ग अन्तर्गत काभ्रेको कटुन्जेबेँसी–नेपालथोक सडकखण्डमा यात्रा गर्दा विशेष