सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन « Khabarhub

सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन भएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार सशस्त्र प्रहरीका ४ जना एसएसपीहरुको सरुवा तथा हालै बढुवा भएका १४ जना एसएसपीहरुको पदस्थापन भएको हो ।

सशस्त्र प्रहरी बलको नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीका एसएसपी शम्भु सुवेदीको राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । यस्तै, सीमा सुरक्षा तालिम सुरक्षा शिक्षालय बर्दघाटका एसएसपी राजेन्द्र शाक्यको राष्ट्रिय सुरक्षा सचिवालयमा सरुवा भएको छ भने सशस्त्र प्रहरी नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका एसएसपी कालीदास धौवजीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा सरुवा भएको छ ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेजका एसएसपी प्रेमराज पोख्रेलको सीमा सुरक्षा तालिम सुरक्षा शिक्षालय बर्दघाटमा सरुवा भएको छ ।

यस्तै, हालै सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका १३ जनाको पनि पदस्थापन गरिएको छ ।

हेर्नुहोस् कसको सरुवा र पदस्थापन कहाँ भयो ?

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ०४ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन