भारततर्फको क्वारेन्टाइनमा राखिएका १ सय नेपालीलाई ल्याइयो | Khabarhub Khabarhub

भारततर्फको क्वारेन्टाइनमा राखिएका १ सय नेपालीलाई ल्याइयो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- भारततर्फको क्वारेन्टाइनमा राखिएक १ सय जना नेपालीलाई स्वदेश ल्याइएको छ । भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।

नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई स्वदेश ल्याइएको हो ।

भारतका विभिन्न स्थानबाट घर फर्केका उनीहरुलाई गत चैत १८ गते लकडाउन र सिमाना सिल भएपछि सुनौली दशगजाबाट नौतनवाको क्वारेन्टाइनमा बस्नेगरी फर्काइएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले ३ हप्ता अघि नौतनवाको क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई तीन चरणमा स्वदेश ल्याइने बताए ।

उनका अनुसार, उनीहरुलाई स्वदेश ल्याउने बारेमा केन्द्र सरकारले स्थानीय स्तरबाट निर्णय गर्नु भनेर निर्देशन दिएपछि स्वदेश ल्याउन थालिएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : २५ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा