थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो | Khabarhub Khabarhub

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी
का अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म १२ हजार ९८५ छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको छ । काठमाडौँ उपत्यकामा तीन र उपत्यका बाहीर ८६ जना रहेका जानकारी गराइएको छ । त्यसैगरी हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २८७ पुगेको छ ।

दश जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : २३ बजे

सरकार भ्रष्टाचारमा लिप्त् रहिरहे सडक आन्दोलनबाट हटाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई भ्रष्टाचारविरुद्ध

काठमाडौं महानगरमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६,१३७ विद्यार्थी छनोट

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

मनाइयो साउने (कर्कट) संक्रान्ति पर्व

काठमाडौं– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

अछाममा वडाध्यक्षले युवाहरूको समूह लगेर ठेकेदार कुटाएपछि…

धनगढी- अछाममा एक जना ठेकेदारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

उपचारको पर्खाईमा कुष्ठरोग लागेका धनवीर

सिमकोट – यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी