कोरोना जितेका तामाङ भन्छन् – आत्मबल नै संक्रमण जित्ने बलियो अस्त्र हो « Khabarhub

कोरोना जितेका तामाङ भन्छन् – आत्मबल नै संक्रमण जित्ने बलियो अस्त्र हो


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको नेत्रवती डब्जोङ गाउँपालिकाका ३२ वर्षीय उरबहादुर तामाङले आत्मबल बलियो बनाए कोरोनाभाइरसविरुद्धको लडाइँ जित्न सकिने अनुभव सुनाएका छन् ।

उनले भाइरसको संक्रमणबाट बच्न चेतना जरुरी हुने र लागिहाल्यो भने पनि आत्मबल कमजोर बनाउन नहुने बताएका हुन् । नेपालको तेस्रो कोरोना सङ्क्रमित तामाङ विहीबार निको भएर अस्पतालबाट घर फर्किएका हुन् ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालमा उपचारपछि निको भई घर फर्किएका तामाङले कोरोना रोग लागि हाल्यो भने आत्म विश्वास कमजोर नबनाइ उपचार गरेमा निको हुने बताए ।

उनले भने, ‘आफूलाई कोरोना भएको प्रमाणित भएपछि खानपिन र उपचार प्रक्रियामा अत्यन्त सजग भएर बसेँ । उपचारका क्रममा चिकित्सकलेको उत्साहले थप हौसला मिल्यो ।’

चिकित्सकहरुको सल्लाहअनुसार विरामीले औषधी र सन्तुलित आहारा खानुपर्ने तामाङको अनुभव छ । आफू गाउँ फर्केपछि कोरोनासम्बन्धी चेतना प्रवाहमा लागि पर्ने उनले बताए ।

तामाङ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक महिनाको उपचारपछि कोरोना निको भई धादिङ फर्किएका हुन् ।

उनलाई जिल्ला स्वास्थ्य कार्यालय धादिङले निर्माण गरेको रिकभरी सेन्टरमा एक हप्ता राखी पुनः गाउँ पठाइनेछ । दुवईबाट नेपाल आएका उनी सामान्य रुघाखोकी र ज्वरो आएपछि कोरोनाको आशङ्कामा टेकु अस्पतालमा जाँच गराउँदा कोरोनाको पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ५९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा