बागलुङकी १९ वर्षीया युवती पनि कोरोना भाइरसमुक्त, अस्पतालबाट डिस्चार्जको तयारी | Khabarhub Khabarhub

बागलुङकी १९ वर्षीया युवती पनि कोरोना भाइरसमुक्त, अस्पतालबाट डिस्चार्जको तयारी


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालमा पनि हालसम्म संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये १० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी १९ वर्षीया युवती पनि कोरोना भाइरस मुक्त भएकी छिन् ।

छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

बिहीबार पाँचौ रिपोर्ट नेगेटिभ आएसँगै छैठौं पटक शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनकाे अवस्था सामान्य रहेकाले डिस्चार्जको तयारी भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताए ।

उनी अस्पतालबाट डिस्चार्ज भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यस अगाडि ती युवतीसँगै बेल्जियमबाट आएकी बानपा–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन।

चैत्र १५ गतेदेखि अस्पतालकाे आसाेलेसनमा उपचाररत उनले काेराेना जित्नुमा आत्मविश्वास, धैर्यता र सन्तुलित खाना भएकाे बताइन् ।

उनले भनिन्, ‘आत्मबल नै सबैभन्दा ठूलो औषधी रहेछ, हिम्मत नहारे कोरोनालाई जित्न सकिन्छ ।’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : ४२ बजे

उपत्यकामा दिनभरी झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा आज दिनभरी जस्तै झरी

युवालाई उद्यमशीलतामा आकर्षण गर्न बैंकले सरल नीति ल्याउनुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई

थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित

ब्याङ्कक – थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो

इनरूवाका वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी

सुनसरी– सुनसरीको सदरमुकास्थित इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष

राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय